global ime bank Long Banner Ad

गृहपृष्ठ रेडक्रसद्धारा भूकम्पपीडितलाई अस्थायी आवास

रेडक्रसद्धारा भूकम्पपीडितलाई अस्थायी आवास

रेडक्रसद्धारा भूकम्पपीडितलाई अस्थायी आवास
नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका दुई सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ ।
गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पु¥याएको थियो । भूकम्पपीडितको सहायताका लागि रेडक्रसले अस्थायी आवास, राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।
रेडक्रसले भूकम्पबाट क्षति भएको बाजुरामा एक सय २५ अस्थायी आवास र बझाङका प्रभावितलाई एक सय २४ गरी कूल दुई सय ४९ आवास, शौचालय र हात धुने स्टेशन निर्माण गरिएको रेडक्रस सोसाइटी आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।
“भूकम्पपीडितका लागि बाजुरा र बझाङमा शौचालयसहितको अस्थायी आभास निर्माण गरिएको छ”, उनले भने, “त्यसबाहेक पीडितहरुलाई त्रिपाल, कम्बल, म्याटे«सलगायतका सामग्री पनि उपलब्ध गराइएको छ ।” त्यसैगरी उहाँले सोही दुई जिल्लाका छ सय ६० पीडित परिवारलाइ १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने बताए ।
“बहुउद्देश्यीय सहायता भन्दै प्रतिपरिवारलाई रु १५ हजारसमेत वितरण गरिएको छ”, उनले उनले भने, “पीडितहरुले सो रकम आवश्यकताअनुसार खर्च गर्न पाउँछन् ।”
सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रस सोसाइटीले गत असोजदेखि नै बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको थियो ।
भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तडछेडेदह गाउँपालिका, त्रिवेणी नरगपालिका र बढिगङ्गा नगरपालिकामा क्षति पु¥याएको थियो ।
रेडक्रसका अनुसार भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन् । सोमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको रेडक्रसको तथ्याङ्कमा छ ।
त्यसैगरी बाजुरामा भूकम्पले छ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ परिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ ।
रेडक्रसले आवाससहितको सुविधाका साथै पीडितहरुलाई तीन हजार परिवारका लागि त्रिपाल, कम्बल, म्याट्रेस वितरण, एक जनालाई स्वास्थ्य तथा मनोसामाजिक सहयोग र करिब चार सय ५० जनालाई लैङ्गिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको जनाएको छ ।
रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले अघिल्लो वर्ष डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गरिएको जानकारी दिए ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु