global ime bank Long Banner Ad

गृहपृष्ठ रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।

गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३/३ गोलको बराबरीमा रोकिएका हुन् ।

रियल म्याड्रिडका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, फिल फोडेन र जोसको गाभार्डिओलले एक एक गोल गरेका थिए ।

पहिलो लिगमा बराबरी खेलेपछि अब दोस्रो लिग रोमाञ्चक हुने भएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा  हुने छ ।

प्रकाशित समय : ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु