nmb bank

गृहपृष्ठ निर्णायक दीपेन्द्र ढकाल स्पेन प्रस्थान

निर्णायक दीपेन्द्र ढकाल स्पेन प्रस्थान

निर्णायक दीपेन्द्र ढकाल स्पेन प्रस्थान

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न आज स्पेनको एलिकान्टे प्रस्थान गरेका छन् ।

विश्व तेक्वान्दोको आयोजनामा उक्त प्रतियोगिता यही चैत २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । उनले ग्योरोगीमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । ढकालाई पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद आचार्यलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

ग्यारोगी विधाका अन्तर्राष्ट्रिय रेफ्री ढकालले जर्मनी, अस्ट्रेलिया, बेल्जियम, पाकिस्तान, मेक्सिको, फ्रान्स, उज्वेकिस्तानलगायत देशमा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

सन् २०१८ मा विश्व तेक्वान्दो महासङ्घबाट ‘थर्ड क्लास अन्तर्राष्ट्रिय गेरोगिकोर्स’ र सन् २०१३ मा कुकिवानबट सर्टिफाइड मास्टर्स इन्स्ट्रक्टर कोर्समा उत्तीर्ण भएपछि ढकालले वल्र्ड ¥याङकिङका प्रतियोगिता खेलाउने मौका पाएका हुन् ।

चीनको बुहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद आर्मी ओलम्पिक प्रतियोगिता ९सिज्म्स० मा समेत ढकाल निर्णायक मण्डलमा थिए । चीनकै उसी सहरबाट २०७४ सालमा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रेपलाञ्चोकको कुशादेवीका बासिन्दा हुन् । स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।

काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुद ९साग० र जर्मनीको ह्याम्वर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि ढकालले निर्णायकको भूमिका निभाएका थिए । तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेस्ट निर्णायक घोषित भएका थिए ।

ढकाल गत वर्ष चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक बन्न सफल भएका थिए । विश्वका ७९ देशका एक हजारभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए ।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु