गृहपृष्ठ मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरी स्पष्टिकरण पेश गर्न भनेको छ ।

कम्पनीले चैत ७ गते साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा चैत ८ गते ११ः१७ बजे कारोबार समयमा प्राप्त भएकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर शेयरधनीलाई २ दशमलव २२११ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु