global ime bank Long Banner Ad

गृहपृष्ठ रिँगटा किन लाग्छ ?

रिँगटा किन लाग्छ ?

रिँगटा किन लाग्छ ?

रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले पनि रिँगटा लाग्छ ।

मुटुको धड्कन असामान्य हुँदा, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ ।

लक्षण
टाउको घुम्नु
शरीर हल्लेको अनुभव हुनु
आँखाको अगाडि अध्यारो छाउनु
अनुहार फिक्का र शरीर चिसो हुनु
कमजोर भई चक्कर लागेर लड्नु
शरीर शून्य हुनु
उल्टी आउनु
कान बज्नु, बोल्न कठिनाइ हुनु

के गर्नेे ?
समयमै खाना खाने
रक्सी, खैनी, नशालु पदार्थ नखाने
जथाभाबी औषधीको प्रयोग नगर्ने
रिँगटा लाग्ने बित्तिकै बस्ने, सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने, निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने
नियमित व्यायाम गर्ने, आँखा कमजोर भए उचित चस्मा लगाउने
अवस्था जटिल भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्शमा औषधीउपचार गर्ने

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु