global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालका लागि दोस्रो सफलता, आकाश चन्दले लिए विकेट

नेपालका लागि दोस्रो सफलता, आकाश चन्दले लिए विकेट

नेपालका लागि दोस्रो सफलता, आकाश चन्दले लिए विकेट

हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यु गिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

दोस्रो ओभरको चौथो बलमा आकाश चन्दले कप्तान असद भालाई २ रनका क्याच आउट गराए। त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै सफलता दिलाएका थिए।

करणले पहिलो ओभरको दोस्रोे बलमा ओपनर सेसे बाउलाई क्याच आउट गराए। १ बलको सामना गरेका सेसे बाउ करण केसीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए।

दोस्रो ओभरको खेल जारी पिएनजीले २ विकेटको क्षतिमा १४ रन बनाएको छ। क्रिजमा ओपनर टोनी उरा ८ रनमा नटआउट छन्।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु