nmb bank

गृहपृष्ठ दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट

दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट

दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट

यो साता नेप्सेमा समग्रमा ३३.७४ अंबले घटेको छ। गचत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ। बैंकको शेयर किन्न चाह्ने लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म किन्न पाउनेछन् ।

नेप्सेमा उत्तारचढाव आँउदा बैंकिङ क्षेत्रलाई असर परेको छ । पछिल्लो एक महिना बैंकिङ्ग क्षेत्रमा असर पर्ने थुप्रै समाचारहरु सम्प्रेषण भएको कारण पनि बैंकिङ्ग क्षेत्रको शेयरमा ओरालो लागेको छ।

एनएमबी बैंकको शेयर मूल्यमा सामान्य सुधार देखिएको छ भने प्राईम कर्मशीयल बैंकको शेयर मूल्य स्थिर भएको छ भने बाँकि सबैको शेयर मूल्यमा गिरावट आएको छ।

एनएमबी बैंकको शेयर मूल्य शून्य दशमलव १ प्रतिशतले बढेर कम्पनीको शेयर मूल्य १७७ रुपैयाँमा कायम भएको छ भने प्राईम कर्मशीयल बैंकको शेयर मूल्य स्थिर भएर १९० रुपैयाँमा कायम भएको छ।
शेयर भाउको आधारमा हेर्ने हो भने स्टान्डर्ड च्यार्टड बैंकको शेयर मूल्य सबैभन्दा अग्रस्थामा रहेको छ । बैंकको शेयर मूल्य ५ सय ५ रुपैयाँ रहेको छ। त्यस्तै, एभरेष्ट बैंकको शेयर मूल्य ४९९ दशमलव १ रुपैयाँ रहेको छ।

तेस्रोमा नबिल बैंक रहेको छ । बैंकको शेयर मूल्य ४२९ रुपैयाँ रहेको छ। पछिल्लो समय विभिन्न कारण आम सर्वसाधारणको क्रासमा रहेको एनआईसी एशिया बैंकको शेयर मूल्य ४१२ रुपैयाँ रहेको छ। बाँकिको शृेयर मूल्य ३ सय रुपैयाँ मुनि नै रहेको छ।

त्यस्तै, सबैभन्दा कम प्रभु बैंकको शेयर मूल्य १४१ रुपैयाँ रहेको छ भने कुमारी बैंकको १४० रुपैयाा रहेको छ।

 

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु