global ime bank Long Banner Ad

गृहपृष्ठ बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्तौलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने बताए ।

मन्त्री स्वयंले राजीनामा दिनुपर्नेमा दिएकाले उनलाई बर्खास्त गर्नुपर्ने र यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ ।

विमानस्थलमा प्रहरी र अध्यामगन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठूलालाई चैन’ भनेजस्तै भएको सचेतक बर्तौलालले बताए ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु