global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै ?????????????????????????????????????????????????????????

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे पुनः बस्नेछ ।

बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए ।

ती प्रस्तावमा शुक्रबार र शनिबार दुई दिन छलफल हुने छ । केन्द्रीय सदस्यहरुले प्रस्तावहरुमाथि आफ्ना धारणा राख्ने र ती धारणाहरुलाई समेत समेटेर प्रस्तावलाई अन्तिम रुप दिने नेपाली कांग्रेसले जनाएको छ ।

त्यसपछि ती प्रस्तावहरु ७ फागुनदेखि ललितपुरको गोदाबरीमा सुरु हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ ।

 

प्रकाशित समय : ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु