global ime bank Long Banner Ad

गृहपृष्ठ इलाममा घर घरमै जन्मदर्ता

इलाममा घर घरमै जन्मदर्ता

इलाममा घर घरमै जन्मदर्ता

सूर्योदय नगरपालिका-५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्म दर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो ।

‘छोरीको न्वारनमात्र सकिएको थियो । जन्म दर्ता वडामै बनाएर आज पुर्‍याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।’बेबिकाले भनिन्, ‘यहाँ कति जनालाई त जन्म दर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफैँ बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।’ सोही ठाउँका एल्बिन शङ्खरको जन्म दर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उनकी आमा वर्षाले बताइन् ।

सूर्योदय-५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्म दर्ता घरघरमै पुर्‍याउन सुरुआत गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्म दर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्म दर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्म दर्ता पुर्‍याई दिने अभियान सुरुआत गरेको हो ।

‘नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरूको टोली जानुहुन्छ,’ वडाध्यक्ष उर्गेन बम्जनले भने, ‘उहाँहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ ।

उहाँहरूले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।’ त्यसका आधारमा वडाले जन्म दर्ता तयार गर्ने बम्जनले बताए। उनका अनुसार, जन्म दर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकलाई हस्तान्तरण गरिन्छ ।

प्रकाशित समय : ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु