global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया बैंकको दाबीः कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अत्यन्त उत्कृष्ट छौं

एनआईसी एशिया बैंकको दाबीः कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अत्यन्त उत्कृष्ट छौं

एनआईसी एशिया बैंकको दाबीः कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अत्यन्त उत्कृष्ट छौं

बैंकले मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायतका सूचकहरु वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट रहेको बताएको हो । वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको एनआईसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना र सबै वित्तीय सूचकहरुमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्नेको उल्लेख छ ।

साथै, बैंकभित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्कोसमेत नरहेको र बैंकको सम्पूर्ण संरचना सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु