global ime bank Long Banner Ad

गृहपृष्ठ आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

आज बिहिबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ४१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७९ रुपैयाँ तोकेको छ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु