global ime bank Long Banner Ad

गृहपृष्ठ उद्यमी विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने

उद्यमी विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने

उद्यमी विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने

उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन् । २०२४काे १५– १६ फेब्रुअरीमा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुदैछन् ।

नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्ष समेत रहनु भएका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो । चौधरी ग्रुपले नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नती कल्चरल भिलेज लगायतका होटलमा लगानी गरेको छ । सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीहरूले भाग लिँदैछन् ।

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ विषयमा कि नोट स्पिच दिनेछन्। हस्पिटालिटी इन्डष्ट्रीको विश्वब्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डष्ट्रिले आगामी पाँच बर्षका लागि लिनुपर्ने रणनीति लगायतका बिषयहरूका बारेमा अध्यक्ष चौधरीले बोल्नेछन् ।

प्रकाशित समय : ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु