global ime bank Long Banner Ad

गृहपृष्ठ कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु-प-प्र-०२००१ ख ००९८ नम्बरको बस आज बिहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । मृतकको विवरण (पहिचान)  आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रकाशित समय : ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु