global ime bank Long Banner Ad

गृहपृष्ठ ६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए। पोखरा-12`२ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई विगत लामो समयदेखि भौमिकले गरगहना बनाउने कालिगढको रूपमा काम गर्दै आएका थिए।

भौमिकले घर भाडामा लिई अवैध सुन ल्याई विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा लुकाई राखेको सुनका गरगहना, काँचो सुन, चाँदी, नगद र विभिन्न बैंकका चेकसहित नियन्त्रणमा लिएको थापाले बताए।

उनको साथबाट पाँच किलो दुई सय ग्राम, काँचो सुन, नौ सय ९९.९० ग्रामको एक ढिका (बिस्कुट) एक थान र ५० ग्रामको एक ढिक्का (बिस्कुट) गरी ६ किलो दुई सय ४९.९० ग्राम सुन बरामद गरेको प्रहरीको भनाइ छ।

साथै, उनका साथबाट ६ किलो चाँदी, ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकका ६० लाख रुपैयाँबराबरका १३ थान चेक, मोबाइल, भारतको आधारकार्डलगायत सामान बरामद भएको एसपी थापाले बताए।

प्रहरी टोलीले २९ माघको साँझ भौमिकको कोठामा छापा मारेकोमा उक्त रकम र सुनचाँदी बरामद गरेको हो।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु