global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव

माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव

माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने कुरा उठेको छ।

काठमाडौँमा जारी प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलमा सहभागीहरूले पार्टीको नाम फेर्न सुझाएका हुन्।

मंगलबार बनाइएका २० समूहमध्ये केहीले नाम फेर्नुपर्ने सुझाव दिएका छन्। बैठकमा सहभागी एकजना नेताका अनुसार केही समूहले अहिलेकै नाम उचित भएको भन्दै फेर्न नहुने मत राखेका छन्।

एउटा समूहका नेता हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या पाउने अवस्था बनाउनुपर्ने कुरा राखे।

उनले पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताउँदै पार्टीका सबै समितिलाई सानो(छरितो कायम गर्न पनि सुझाएका छन्।

 

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु