global ime bank Long Banner Ad

गृहपृष्ठ बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु