nmb bank

गृहपृष्ठ बजारमा अधिक तरलता, आज १० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता, आज १० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता, आज १० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले माघ २६ गते बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले केन्द्रीय बैंकले ७ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत १० अर्ब रकम खिच्न लागेको हो ।

उक्त निक्षेप २०८० फागुन ४ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो १२ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस अघि राष्ट्र बैंकले हिजो माघ २३ गते ४० अर्ब संकलन गरेको थियो । त्यस्तै माघ २४ गते ४५ अर्ब संकलनको बोलकबोल जारी भएपनि राष्ट्र बैंकले बोलकबोल प्रक्रिया नै रद्द गरेको थियो ।

गत मङ्सिर, पुस र माघमा गरि राष्ट्र बैंकले बजारबाट ५ खर्ब बढी रकम निक्षेप संकलन प्रक्रियाबाट खिचिसकेको छ ।

 

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु