global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री कप : लगातार नेपाल पुलिसको छैटौं जित

प्रधानमन्त्री कप : लगातार नेपाल पुलिसको छैटौं जित

प्रधानमन्त्री कप : लगातार नेपाल पुलिसको छैटौं जित

नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ ।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो ।

कर्णाली प्रदेशले दिएको १७२ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३।४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

पुलिसको जितमा दिलिप नाथले अविजित ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले ४३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४२।५ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्बाधिक ५० रन बनाएका थिए ।

लामो समयपछि कम ब्याक गरेका बलर ललित भण्डारीले यस खेलमा २ विकेट लिएका थिए ।

यो जितपछि नेपाल पुलिस क्लबले ६ खेलमा अपराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै कर्णालीको भने ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु