गृहपृष्ठ गुडिरहेको बस एक्कासी भासिएपछि …
गुडिरहेको बस एक्कासी भासिएपछि …
नयाँ बानेश्वरको सडकमा गुडिरहेको यात्रु बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुबस गुड्दागुड्दै भासिएको हो । रत्नपार्कतर्फ जादै गरेको बस एक्कासी पछाडीको चक्का भासिएको छ ।
सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । बस भासिएसँगै यात्रुहरु बाहिर निस्किएका थिए ।
यसअघि दुई वर्षअघि पनि बानेश्वरस्थित सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।
प्रकाशित समय : १३:३१ बजे



















