global ime bank Long Banner Ad

गृहपृष्ठ भ्रमण वर्षलाई लक्षित गर्दै लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटले ल्यायो विशेष छुट अफर

भ्रमण वर्षलाई लक्षित गर्दै लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटले ल्यायो विशेष छुट अफर

भ्रमण वर्षलाई लक्षित गर्दै लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटले ल्यायो विशेष छुट अफर

भरतपुर महानगरपालिका–६ देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) ले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको छ ।

एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यका अनुसार विशेष छुट सहित एक जोडीका लागि पाँच हजार रुपैयाँको आकर्षक प्याकेज घोषणा गरिएको हो ।

विशेष प्याकेज अन्तर्गत एक जोडीलाई होटलमा कोठाका साथै बिहानको नास्ता तथा बिहान र बेलुकीको खाना सुविधा उपलब्ध गराइने आचार्यले बताएका छन । एलटिकेले भ्रमण वर्षको अवसर पारेर घोषणा गरेको छुट अफरमा जंगल सफारी, विभिन्न सामाजिक संघ संस्थाहरु सँगको समन्वयमा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने कार्यक्रम गरिने आचार्यको भनाइ छ । जोडी बाहेक आउने व्यक्तिहरुका लागि समेत विशेष छुट सहित खाने र बस्ने तथा विभिन्न प्याकेजहरु प्रदान गरिने आचार्यले बताए ।

भरतपुर महानगरपालिका–६ देवनगर, चम्पानगरस्थित एलटिके चितवन भरतपुरको व्यस्त बजारदेखि भित्र एकान्त र शान्त वातावरणमा अवस्थित छ । रिसोर्टमा संघ संस्थाका कार्यक्रम, विवाह, रिसेप्शन पार्टी, जन्मदिनका कार्यक्रम, पारीवारिक जमघट तथा सांगीतिक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । उक्त रिसोर्टमा बच्चादेखि वृद्ध उमेर समूहका सबै पाहुनाहरुका लागि फेमली कटेज समेत रहेको छ ।

समूहमा आउने पर्यटकहरुको मनोरञ्जनका लागि विभिन्न समुदायका धर्म र संस्कृति अनुसारका कार्यक्रम गरिने आचार्यका भनाइ छ । रिसोर्टमा २२ वटा सुविधा सम्पन्न डिलक्स रुम छन् । एउटा पार्टी हल रहेको रिसोर्टमा योग र ध्यानका लागि ८० जना क्षमताको छुट्टै हलसमेत रहेको छ ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु