global ime bank Long Banner Ad

गृहपृष्ठ नीजि खर्चमा बनाइएको १० लाखको चमेना गृह धार्मिक बनलाइ हस्तान्तरण

नीजि खर्चमा बनाइएको १० लाखको चमेना गृह धार्मिक बनलाइ हस्तान्तरण

नीजि खर्चमा बनाइएको १० लाखको चमेना गृह धार्मिक बनलाइ हस्तान्तरण

मोरङको उर्लाबारी–९ का रामबहादुर एभेङ लिम्बूले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १० लाख रुपियाँ खर्चेर चमेना गृह निर्माण गरिदिएका छन ।

एभेङ परिवारले आफ्ना स्वर्गीय बुबा धनबहादुर एभेङको स्मृतिमा मोरङको पथरी शनिश्चरे –१० स्थित सिरिजङ्घा स्मृति धार्मिक वन परिसरमा चमेना गृह बनाइ धार्मिक वनलाई बिहीबार हस्तान्तरण गरेको हो ।

चमेना गृहको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरेका छन । गत मङ्सिर १८ गते शिलान्यास गरिएको ९ सय स्वायर फिटको जस्तापाताले छाएको चमेना गृहमा दुईकोठा छन् ।

२०७९ साल माघ २ गते मृत्यु भएका धनबहादुर एभेङका पाँच छोरीहरू, तीन छोराहरु र पत्नी सञ्चरानी साम्वाले नीजि खर्चमा सार्वजनिक स्थानमा चमेना गृह बनाइदिनु दिएका हुन ।

प्रकाशित समय : ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु