global ime bank Long Banner Ad

गृहपृष्ठ मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिशत छुट

मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिशत छुट

मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिशत छुट

मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्सबीच बिहिबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरुले मनकामना दर्शन प्रालीले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ ।

त्यसैगरि मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ । उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरुलाई दश प्रतिशत छुट दिनेछ ।

 

प्रकाशित समय : ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु