global ime bank Long Banner Ad

गृहपृष्ठ फिल्म लाहोर १९४७ बाट कमब्याक हुदै प्रीति जिन्टा

फिल्म लाहोर १९४७ बाट कमब्याक हुदै प्रीति जिन्टा

फिल्म लाहोर १९४७ बाट कमब्याक हुदै प्रीति जिन्टा

लामो समय पछि सनी देओल र प्रीति जिन्टा फिल्म लाहोर १९४७ मा एकसाथ आएका छन् । गदर २ को सफलता पछि सनी देओल नयाँ फिल्मको तयारीमा लागेका हुन्  ।

यस फिल्मबाट लामो समयदेखि फिल्मबाट टाढा रहेकी नायिका प्रीति जिन्टाले कमब्याक गर्न लागेकि छिन् । यो फिल्म धेरै कारणले विशेष बन्न लागेको छ, यस फिल्मका निर्माता अभिनेता आमिर खान रहेका छन् ।

लाहोर १९४७ को निर्माणमा आमिर र राजकुमार सन्तोषीको सहकार्य रहने छ । यस फिल्मको छायाङ्कन फेब्रवरी बाट सुरु हुनेछ ।

सन्नी र प्रीतिले यसअघि धेरै फिल्ममा एकसाथ काम गरेका छन् । उनीहरुले यस अघि फिल्म हिरोः लभ स्टोरी अफ ए स्पाई, फर्ज र भैयाजी सुपरहिट लगायतका फिल्ममा एकसाथ काम गरिसकेका छन् ।

 

प्रकाशित समय : ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु