global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अमेरिकाको सिकागोमा गोली चल्दा ७ जनाको मृत्यु

अमेरिकाको सिकागोमा गोली चल्दा ७ जनाको मृत्यु

अमेरिकाको सिकागोमा गोली चल्दा ७ जनाको मृत्यु

अमेरिकाको सिकागोमा दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ। गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा भएको थियो। घटनापछि अभियुक्त भने फरार रहेका छन्। उनको पहिचान रोमियो नान्सको रुपमा भएको छ।

प्रहरी प्रमुख बिल इभान्सले दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ। प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको बताए।

प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ। अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन्। तथ्याङ्कअनुसार यो वर्षको पहिलो साता गोलीबारीमा ८७५ जनाको मृत्यु भएको छ।

प्रकाशित समय : ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु