global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् ।

महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा धर्ना दिइरहेका छन् । नेपाल प्रहरीसहित नगर प्रहरीको टोलीले गेटमा सुरक्षा दिइरहेको छ ।

महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ ।

 

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु