गृहपृष्ठ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा राखिएको छ ।

विद्यमान संस्थापक वा अन्य व्यक्ति तथा संघसंस्थाहरुले बुधबारदेखि माघ ११ गतेसम्म गोप्य बोलकबोल गरी शिलबन्दी आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेर आवेदन दिन सकिने छ ।

शिलबन्दी आवेदन दिँदा न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि माग गर्नुपर्नेछ । साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको यो कम्पनीको साधारण शेयर मूल्य बजारमा प्रतिकित्ता ७६० रुपैयाँ छ ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु