गृहपृष्ठ लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सन्राइज बैंकको सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् ।

उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

 

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु