गृहपृष्ठ ५ महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब ३६ करोड खुद नाफा, शीर्षमा नबिल र ग्लोबल आईएमई
५ महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब ३६ करोड खुद नाफा, शीर्षमा नबिल र ग्लोबल आईएमई
सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड खुद नाफा गरेका छ्न्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गरेका हुन्।
यस अवधिसम्म नबिल बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ। यस बैंकले चालू आर्थिक वर्षको ५ महिनामा नबिल बैंकले २ अर्ब ९६ करोड रूपैयाँ खुद नाफा गरेको छ। ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकमध्ये दोस्रो स्थानमा छ।
यस बैंकले मंसिरसम्ममा ग्लोबल आईएमई बैंक २ अर्ब ७४ करोड खुद नाफा गरेको छ। यस्तै, यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ६० करोड रूपैयाँ नाफा गर्न सफल भएको छ।
यस्तै प्राइम कमर्सियल बैंकले एनआईसी एसिया बैंकलाई उछिन्दै यस अवधिमा १ अर्ब ९३ करोड रूपैयाँ खुद नाफा गरेको छ। एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ।
यस्तै, हिमालयन बैंकले १ अर्ब ८० करोड, प्रभु बैंकले १ अर्ब ४९ करोड, एनएमबि बैंकले १ अर्ब ४५ करोड,राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ४१ करोड ,एभरेष्ट बैंकले १ अर्ब ४० करोड , कुमारी बैंकको १ अर्ब ३० करोड,सिद्धार्थ बैंक १ अर्ब २५ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब २२ करोड रूपैयाँ,नेपाल बैंक लिमिटेडले १ अर्ब २१ करोड र सानिमा बैंकले १ अर्ब ७ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्।
प्रकाशित समय : १०:०६ बजे




















