global ime bank Long Banner Ad

गृहपृष्ठ बुटवल पावर कम्पनीको साधारणसभा सम्पन्न, लाभांश पारित

बुटवल पावर कम्पनीको साधारणसभा सम्पन्न, लाभांश पारित

बुटवल पावर कम्पनीको साधारणसभा सम्पन्न, लाभांश पारित

बुटवल पावर कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७९/८० को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने भन्दै साधारण सभाले कम्पनीको प्रति सेयर १०० रुपैंया दरका १ करोड कित्ता सेयर प्रचलित ऐन नियम बमोजिम प्रिमियम मुल्यमा थप सार्वजनिक निष्काशन गर्ने सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिले बताए ।

सो प्रयोजनका लागि कम्पनीको हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाखलाई बृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख पु¥याउने विशेष प्रस्ताव समेत पारित गरेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मेवाको खुदी जलविद्युत केन्द्र र ६० मेवाको खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रुपमा हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । लमजुङ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने खुदी सबस्टेशन तथा प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत पूर्णरुपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको कम्पनीको दाबी छ ।

३७।६ मे।वा।को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनक रुपले कार्य प्रगति अगाडि बढीरहेको तथा आयोजनाको निर्माण कार्य २०८१ साल चैत मसान्तसम्म सम्पन्न गरी विद्युत उत्पादन हुने अपेक्षा पनि कम्पनीले गरेको छ ।

प्रकाशित समय : ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु