global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंक लिमिटेडको साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो ।

त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रकाशित समय : ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु