global ime bank Long Banner Ad

गृहपृष्ठ ३१ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ४५ करोडको कारोबार

३१ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ४५ करोडको कारोबार

३१ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ४५ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३१।६२ अंकले बढेर २१२०।६२ को विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ को विन्दुमा बन्द भएको छ। बजारमा ५ अर्ब ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ। सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको संस्थापकशेयर भएको छ। यो कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँको संस्थापकशेयर किनबेच भएको हो।

बजार बढ्दा २११ कम्पनीको शेयरभाउ बढेको छ भने ३३ वटाको शेयरभाउ घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूह बढेको छ भने २ वटा घटेको छ। आज जलविद्युत समूह सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.९४ प्रतिशतले घटेको छ।

 

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु