global ime bank Long Banner Ad

गृहपृष्ठ न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च बाहिर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेका थिए । आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।

न्यायाधीश कार्की गत चैत्र २८ गते पत्नी आरतीको वैवाहिक बलात्कारको जाहेरीको आधारमा पक्राउ परेका थिए । कपिलवस्तु जिल्ला अदालतमा कार्यरत कार्कीलाई पक्राउ गर्न अदालतको अनुमति लिइएको थियो ।

विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु