global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले राष्ट्र हित विपरीत काम गर्यो- झलनाथ खनाल

सरकारले राष्ट्र हित विपरीत काम गर्यो- झलनाथ खनाल

सरकारले राष्ट्र हित विपरीत काम गर्यो- झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको आरोप लगाएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हालै भारतसँग भएको २० करोडको सम्झौताको विरोध गर्दै नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको टिप्पणी गरेका हुन् ।

छिमेकी देशले दिने अनुदान आफूहरु सहर्ष स्वीकार्न तयार रहेको तर कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उनले बताए ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएको अवसरमा विहिबार भएको सो सम्झौतापछि नेता खनालले एक विज्ञप्ति प्रकशित गरेर समेत विरोध गरेका थिए ।

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु