global ime bank Long Banner Ad

गृहपृष्ठ बरहथवा घटनाको छानबिन गर्न समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

बरहथवा घटनाको छानबिन गर्न समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

बरहथवा घटनाको छानबिन गर्न समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सरकारले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्रालयले घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति बनाएको हो ।

यस्तै सो घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।

नगर अस्पतालको विषयलाई लिएर शुक्रबार दुई पक्षबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको थियो । समितिलाई सो घटनाका सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न ७ दिनको समय दिइएको छ ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु