गृहपृष्ठ जापानमा भूकम्प परि मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो
जापानमा भूकम्प परि मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प परि मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ ।
यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ। स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको स्रोतले जनाएको छ । भकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिसहरु भग्नावसेसमा फसेका छन् ।
जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६०० कर्मचारीहरु मिलेर बेपत्ताहरूको खोजी तथा सुरक्षाको पुष्टि गर्ने प्रयासहरू गरिरहेका छन् ।
क्योदोका अनुसार जापानको भू-स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।
यसैबीच, ७०० भन्दा बढी व्यक्तिहरू भूकम्प प्रभावित वाजिमाका वरपरका विभिन्न स्थानमा फसेका छन्। करिब १३ सहरका ८० हजार घरधुरीललाई खानेपानी आपूर्तिमा समस्या भएको छ।
प्रकाशित समय : १२:१४ बजे



















