गृहपृष्ठ राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुदै
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुदै
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदाता नामावली सार्वजनिक हुदै छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावली उपर दावी विरोधलगायत कार्य पनि आजैदेखि सुरु हुनेछ ।
आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशित हुने छ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
प्रकाशित समय : १२:३२ बजे



















