global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय विदेशमन्त्री जयशंकरद्वारा पशुपतिनाथ दर्शन

भारतीय विदेशमन्त्री जयशंकरद्वारा पशुपतिनाथ दर्शन

भारतीय विदेशमन्त्री जयशंकरद्वारा पशुपतिनाथ दर्शन

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन्।

उनले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजा गरेका हुन् । उनलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए।

पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ।

जयशङ्करले शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दुई दिने भ्रमण सकेर उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित समय : ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु