global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिविको उपकुलपतिका नियुक्तिका लागि दरखास्त आह्वान

त्रिविको उपकुलपतिका नियुक्तिका लागि दरखास्त आह्वान

त्रिविको उपकुलपतिका नियुक्तिका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो । उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ ।

दरखास्त दिँदा बढीमा ३ हजार शब्दमा विश्वविद्यालय सम्बन्धि सोचपत्र र पाँच हजार शब्दमा चार वर्षे कार्ययोजना बुझाउनुपर्ने छ । त्रिविमा कात्तिकदेखि उपकुलपति रिक्त छ । डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो। रिक्त रहेको २ महिनापछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया सुरू भएको हो ।

आवेदन परेकामध्येबाट समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले त्रिविको उपकुलपति नियुक्त गर्नेछ ।

 

प्रकाशित समय : ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु