global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकले निरन्तर निक्षेप संकलनले अन्तर बैंक ब्याजदर बढ्यो

राष्ट्र बैंकले निरन्तर निक्षेप संकलनले अन्तर बैंक ब्याजदर बढ्यो

राष्ट्र बैंकले निरन्तर निक्षेप संकलनले अन्तर बैंक ब्याजदर बढ्यो

नेपाल राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याजदर बढ्न थालेको छ ।

अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले मंसिर ६ गतेदेखि बोलकबोल विधिबाट बजारमा भएको निक्षेप संकलन गर्न सुरु गरेको थियो ।

राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याजदर बढ्नुको साथै निक्षेप संकलन दरमा राष्ट्र बैंकमा पैसा राख्ने बैंकहरुको संस्था घट्न थालेको छ ।

मंसिर ६ गते राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गर्दा बैंकहरुले ३७ करोड रुपैयाँ राख्ने प्रस्ताव पेस गरेका थिए ।

मंसिर ६ गते राष्ट्र बैंकले १.६ प्रतिशतदेखि २.१७ प्रतिशतसम्म ब्याज दिँदै १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
राष्ट्र बैंकले मंसिर १२ गते फेरि १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गर्दा बैंकहरुले ३९ करोड ६० करोड रुपैयाँ निक्षेप राख्ने प्रस्ताव पेस गरेका थिए ।

राष्ट्र बैंक कम ब्याजदरमा निक्षेप राख्न तयार हुने बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप राख्दै १.२४ प्रतिशत देखि १.१० प्रतिशतसम्म ब्याज दिएको थियो ।

मंसिर १४ गते १५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान हुँदा ४० अर्ब १० करोड रुपैयाँ निक्षेप राख्ने प्रस्ताव पेस भएको थियो । त्यसदिन राष्ट्र बैंकले १.१६ प्रतिशतदेखि ०.९९ प्रतिशत ब्याज माग्नेको निक्षेप राखेको थियो । मंसिर २१ गते बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका थिए ।

तर, पछिल्लो समय राष्ट्र बैंकमा निक्षेप राख्नेको संख्या घट्न थालेको छ । ब्याजदर करिडोरको सिद्धान्तअनुसार निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम भएको अवस्थामा बजारबाट निक्षेप संकलन गर्नु पर्ने र बैंक दरभन्दा अन्तर बैंक ब्याजदर बढी भएको अवस्थामा बजारमा रिपोदरमा पैसा पठाउनु पर्छ ।

पुस १६ गते अन्तर बैंक ब्याजदर २।८ प्रतिशत भएपछि राष्ट्र बैंकले पुस १८ गते बोलकबोल विधिबाट १४ दिन अवधिको २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको थियो । तर, बैंकहरुले १९ अर्ब ९० करोड रुपैयाँ मात्रै राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गरेका थिए ।

बैंकहरुले ३ प्रतिशतभन्दा बढी ब्याज मागेपछि राष्ट्र बैंकले १४ अर्ब ७० करोड रुपैयाँ मात्रै संकलन गरेको छ । बुधबार राष्ट्र बैंकले औषतमा ३ प्रतिशत ब्याज दिने र २.५९ देखि ३.११ प्रतिशत ब्याज माग गर्ने बैंकहरुको निक्षेप संकलन गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले मंसिर २८ गतेयता ३ प्रतिशत कट अफ रेट निर्धारण गर्दै बजारबाट निक्षेप संकलन गरिरहेको छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि नभएकाले बिहीबारसमेत राष्ट्र २१ दिन अवधिको २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको छ ।

 

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु