global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित छु : विदेशमन्त्री जयशंकर

नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित छु : विदेशमन्त्री जयशंकर

नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित छु : विदेशमन्त्री जयशंकर

भारतीय विदेश मन्त्री एस. जयशंकरले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताएका हुन्।

‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु।’ उनले ट्वीट गर्दै भनेका छन्,‘आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।’

विदेशमन्त्री जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन्। राष्ट्रपतिसँगको भेटवार्तापश्चात मध्यान्ह १२ बजे पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटघाट गर्ने कार्यतालिका छ।

दिउँसो १ बजे जयशंकर होटल याक एण्ड यतिमा आयोजना हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतको तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गर्नेछन्।

 

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु