गृहपृष्ठ प्रिमियममा आईपीओ निष्काशन रोक्न लेखा समितिको निर्देशन

प्रिमियममा आईपीओ निष्काशन रोक्न लेखा समितिको निर्देशन

प्रिमियममा आईपीओ निष्काशन रोक्न लेखा समितिको निर्देशन

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रिमियममा आईपीओ  निष्काशन रोक्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ।

बिहीबारको समितिको बैठकले कम्पनीहरूलाई बीमा ऐन विपरीत प्रिमियममा आईपीओ निष्काशन अनुमति दिएको भन्दै त्यस्तो कार्य तत्काल सच्चाउन निर्देशन दिएको हो। प्रिमियममा सेयर बिक्री गर्न स्वीकृति दिएर कानुन र लगानीकर्ताको हितविपरीत काम गरेको समितिको निष्कर्ष छ।

‘बीमा कम्पनीलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृत दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरीत देखिएकोले सो कार्यलाई तत्काल सच्याउन समितिको यो बैठक नेपाल बीमा प्राधिकरणलाई निर्देश गर्दछ,’ समितिले निर्णयमा भनेको छ।

बीमा ऐन, २०७९ को दफा ४५९५० मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने व्यवस्था गरेको छ।

बीमा कम्पनीले कम्पनी स्थापना गर्दा नै ३० प्रतिशत सेयर सर्वसाधारणका लागि संरक्षित गरेको कारण अंकित मूल्यभन्दा बढीमा (प्रिमियम मूल्यमा) सेयर जारी गर्न अनुमति वा स्वीकृति दिन नमिल्ने समितिको निष्कर्ष छ।

यो विषय बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार बैंक तथा वित्तीय संस्थामा लागू भएको समितिको भनाइ छ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु