गृहपृष्ठ हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ।

कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ । कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु