global ime bank Long Banner Ad

गृहपृष्ठ नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला

नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला

नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला

नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका– १ मा रहेको खहरे जङ्गलमा दुई महिलाको शव फेला परेको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलले जानकारी दिए । मृतकहरू सासूबुहारी हुन् ।

प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरूको शव भेटिएको बताए ।

उनले हराएको मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको बताए ।

डीएसपी पौडेलकाअनुसार विष्णुको बायाँ कम्पारो र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो ।

शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा मृत्युको कारण पुष्टि हुने उनको भनाइ छ ।

 

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु