nmb bank

गृहपृष्ठ उद्योगीहरुको लाइन काटेकोप्रति ओलीको असन्तुष्टि

उद्योगीहरुको लाइन काटेकोप्रति ओलीको असन्तुष्टि

उद्योगीहरुको लाइन काटेकोप्रति ओलीको असन्तुष्टि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्युतको बक्यौता उठाउन उद्योगीहरुको लाइन काटेकोप्रति असन्तुष्टि जनाएका छन् ।

मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउने क्रममा उनले सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो नभएको बताए ।

ओलीले भने, ‘सरकारले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ? उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन । खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ । तर, सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’

 

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु