global ime bank Long Banner Ad

गृहपृष्ठ क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग

नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दाले नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड हाराहारी जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । नेपालमा एक हजार पाँच सय उद्योग छन् । ती उद्योगमध्ये एक हजार दुई सय लघु उद्योग, दुई सय मझौला र एक सय ठूला उद्योग छन् । ती उद्योगले दैनिक एक हजारदेखि एक लाख जोरसम्म जुत्ता उत्पादन गर्दछन् ।

यी उद्योगमा ३० अर्ब लगानी रहेको र त्योमध्ये ६० प्रतिशत बैंक ऋण रहेको उनले जानकारी दिए । अध्यक्ष घिमिरेका अनुसार क्षमता धेरै भए पनि झण्डै ४० प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । हाल नेपालको बजारमा वार्षिक १० करोड जोर जुत्ता माग रहेको अनुमान छ । नेपाली बजार ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी जुत्ताले ओगटेको छ ।

भूकम्पअघि वार्षिक तीन करोड हाराहारी जोर जुत्ता निर्यात हुँदै आएकोमा अहिले ६५ लाख हाराहारीमा झरेको छ । सबैभन्दा बढी भारतमा र बाँकी १८ देशमा नेपाली जुत्ता जाने गरेको उनले बताए । एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेका अनुसार सरकारले नीति कार्यान्वयन नगर्दा समस्या आएको बताए । चोरीपैठारी हुने गरेको, न्यून बिजीकरणको समस्या हुने गरेको, दक्ष कामदारको अभाव, बैंकको ब्याज महँगो हुनुजस्ता कारण नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको हो । कच्चा पदार्थको भन्सारदर १० प्रतिशतबाट २० प्रतिशत पु¥याइदा लागत बढेको छ ।

उननको भनाइमा राजनीतिक अस्थिरताका कारण उच्च तहमा रहेका कर्मचारी छोटो समयमा परिवर्तन हुने गरेकाले आफ्नो समस्याको सुनुवाइ हुन नसकेको हो । यो व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । दक्ष जनशक्ति नेपाली नहुँदा आधा विदेशी कामदार छन् । पूर्ण क्षमतामा उद्योग चल्न सकेमा एक लाख २५ हजारले रोजगारी पाउने न्यौपानेले बताए ।

एसोसिएसनका पूर्वअध्यक्ष कृष्णकुमार फुँयालका अनुसार व्यवसायी सङ्गठित भएर बजार प्रवद्र्धन गर्दै आएका छन् । नेपालका प्रमुख सहरमा धेरै उद्योगका सोरुम एकै ठाउँमा सञ्चालनमा ल्याउने गरेका छन् । गत वैशाखदेखि सोरुम सञ्चालन गर्न थालिएको हो । हालसम्म बुटवल, पोखरा, जनकपुर, काठमाडौँ, ललितपुरको सातदोबाटो र नारायणगढमा सोरुम सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु