global ime bank Long Banner Ad

गृहपृष्ठ बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेपछि…..

बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेपछि…..

बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेपछि…..

काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ । बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं.६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो । ढोकासँगै रहेका यात्रुले खोलेको बताइएको छ । यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ ।

सँगै यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन् । ढोका के कारणले खुलेको हो भन्ने चेकजाँचपछि मात्रै वास्तविक थाहा हुनेछ ।

 

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु