global ime bank Long Banner Ad

गृहपृष्ठ रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । आज साँझ परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुससाग पुनःअनुरोध पनि गरेको छ ।

विज्ञप्तिमार्फत सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनिरुसी सरकारलाई आग्रह गरेको छ ।

यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको छ । बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक रहेका छन् ।

प्रकाशित समय : २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु