global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकाका विदेशमन्त्री नेपाल भ्रमणमा

श्रीलंकाका विदेशमन्त्री नेपाल भ्रमणमा

श्रीलंकाका विदेशमन्त्री नेपाल भ्रमणमा

श्रीलंकाका विदेशमन्त्री एमयुएम अली साब्री चारदिने औपचारिक भ्रमणमा आज नेपाल आएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही पुस ५ र ६ गते काठमाडौँमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्ने छन् । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा श्रीलंकाका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु