global ime bank Long Banner Ad

गृहपृष्ठ डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति उम्मेदवारमा अयोग्य ठहर

डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति उम्मेदवारमा अयोग्य ठहर

डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति उम्मेदवारमा अयोग्य ठहर

संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको बताएको छ।

अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी विधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।

कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै सो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा अमेरिकी संसद्मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

अमेरिकी संविधानको १४ औं संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

 

प्रकाशित समय : १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु